मधेस प्रदेशको राजधानी जनकपुरधाममा ट्राफिक प्र्रहरी कडा नभएको देखिएको छ । ट्राफिक प्रहरी,जनपथ तथा सशस्त्र प्र्रहरीको प्र्रत्येक चौकदेखि विभिन्न ठाउँमा ड्युटि भए पनि कोलाहल मच्चाएर मोटरसाइकल तिब्र्र गतिमा चलाउने चालकको बिगबिगीका कारण सर्बसाधारण विभिन्न किसिमले दुर्घटना ग्रस्त हुनुका साथै आबाज प्रदुषणको शिकार भएको देखिन्छ । यस्ता चालकहरु प्र्रहरीको पनि आँखा छलेर रोक्न भन्दा पनि नरोक्ने र भाग्ने क्रममा अन्य दुर्घटना गरेर भागेको देखिएको छ । अहिले प्रदेश प्रहरीको ठूलो चुनौतिको रुपमा देखिएको छ जसको उपचार अहिलेसम्म देखिएको छैन । यसले गर्दा राजधानी असुरक्षित बन्न गएको छ । यसको सुधारको लागि त्यस्ता अनुशासनहीन गैर कानूनी रुपमा बाइक चलाउने चालकहरुको नियन्त्रणको लागि प्रदेश ट्राफिक लगायत सम्बन्धीत सरोकारबालाहरुले संबेदनशील हुनुपर्ने आवश्यकता रहेको छ । यति मात्र होइन यसको लागि नीतिगत रुपमा यस्ता चालकहरुलाई पक्रेपछि कडा दण्ड सजायको कार्यान्वयन गर्न गराउन जरुरी छ । अभिभावक तथा स्वंयमले पनि आफै सुघ्रिन जरुरी छ ।