जलेश्वरको विकास गर्ने जिम्मेदारीमा रहेको हो ः सिंह – Jaleshwortoday

जलेश्वरको विकास गर्ने जिम्मेदारीमा रहेको हो ः सिंह

 ९ बैशाख २०७९, शुक्रबार ०६:२६  
MM

अजयकुमार सिंह
महोत्तरी, ८ बैशाख

नेकपा एमालेका तर्फबाट जलेश्वर नगर पालिकाका मेयर पदका प्रवल दावेदारका रुपमा आफु रहेको राजकिशोर साह उर्फ नब्बा सिंहले दावी गरेका छन । जलेश्वर स्थित पत्रकार महासंघ महोत्तरीको सभाहलमा भएको एक कार्यक्रममा वहाले सो कुराको दावी गरेका छन ।

May be an image of 5 people and text

आफु माथि जनताले विश्वास गरेकाकाकारण आफु जनताको सेवागर्ने मौका पाउनु पर्ने धारणा राख्नु भएको हो ।निर्वाचनको समयमा मात्र बाहिर आउने र बाकी समय आफनो व्यापार तथा व्यवसायमा लाग्ने भन्ने प्रश्नको जवावमा वहाले आफुलाई जनताले विश्वास गरेका कारण आफनो उम्मेदवारी दिने जानकारी गराउनु भयो । वहाले जहिले पनिजनताको पीर मर्का बुझने व्यक्ति भएकोले जनताले मलाई मेयरमा उठन दवाव दिएका कारण आफु मेयर पदका लागि घोषणा गरेको बताउनुभयो । दावेदार सिंहले मैले नेतृत्ववर्गलाई पहिले नै जानकारी दिई सकेको र मलाई सय प्रतिशत विश्वास छ पार्टीले मलाई नै टिकट दिने छ ।सधै जनताको सेवाको भावनाबाट ओतप्रोत भई काम गर्दै आएको छु र भोलीका दिनमा पनि यसै गतिमा काम गर्दै जाने छुभन्ने सवैमा विश्वास दिलाउदछु । वहाले अगाडी भन्नुभयो जलेश्वर नगर पालिकालाई बचाउन चाहनु हुन्छ भने मलाई जिताएर देखाउनुस । आउने समयले नै बताउने छु ।