जलेश्वरटुडे समाचारदाता
महोत्तरी,सर्लाही ८ बैशाख
आसन्न स्थानीय तहको निर्वाचनका लािग महोत्तरीको १५ वटै स्थानिय निकायहरुमा मटिहानी,मनरासिस्वा,एकडारा लगायत सर्लाहीको २० वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटेका छन् ।
वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनका लागि मलङ्गवा नगरपालिकामा जिल्ला अदालत सर्लाहीका मुख्य न्यायाधीश ध्रवकुमार पिया, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतम, कौडेना गाउँपालिकामा जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल लगायतका निर्वाचन अधिकृत तोकिएका छन् । त्यस्तै पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झा, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँका उपन्यायाधीवक्ता दशरथ पङ्गेनी, बलरा नगरपालिकामा प्रदेशसभा सचिवालय जनकपुरधामका अधिकृत रञ्जितकुमार यादव, बसबरिया गाउँपालिकामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, बागमती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउकुमार यादवले निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।