पूर्व साँसद एकीकृत समाजबादी नेता झा एमाले प्रवेश – Jaleshwortoday

पूर्व साँसद एकीकृत समाजबादी नेता झा एमाले प्रवेश

 ९ बैशाख २०७९, शुक्रबार ०८:१०  
PP

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ बैशाख

May be an image of 4 people and people standing

महोत्तरीको बलवा नगरपालिका अन्तर्गत नेकपा एमालेको नगर कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा पूर्व साँसद एकीकृत समाजबादी नेता चन्देश्वर झा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

May be an image of 5 people and people standing
सो कार्यक्रममा ४ सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्र्रवेश गरेका थिए । सो पार्टी प्रवेश कार्यक्रममा

May be an image of one or more people, people standing and outdoors

प्रमुख अतिथि नेकपा एमालेको के.सचिव तथा मधेस प्रदेश ईन्चार्ज रघुवीर महासेठ,महोत्तरी जिल्ला ईन्चार्ज राम दयाल मण्डल,जिल्ला सभापति टेक बहादुर बालमपाकीको विशेष उपस्थिति सहित दर्जनौ पार्टीका नेता,नेतृ तथा कार्यकर्ताहरु तथा स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।

May be an image of text