आज र भोलि स्थानिय चुनावको लागि उम्मेदबारी निर्वाचन कार्यालयमा दिइने छ । विभिन्न ७९ पार्टीहरुले आफ्ना उम्मेदबारहरु चयन गरेर निर्वाचन कार्यालयहरुमा फाराम बुझाउने छन् । यस री उम्मेदबारी दिन दिलाउनको लागि पनि नाताबाद,कृपाबादको समेत प्रभाव रहेकोले यस पटकको निर्वाचनमा उपयुुक्त तथा योग्य उम्मेदबार छनौट हुन आवश्यक छ । राजनैतिक पार्टीहरुले पनि उम्मेदबार छनौट गर्दा कुनै पनि आर्थिक वा माँसिक रुपमा प्रभावित नभई योग्य तथा कर्मठ उम्मेदबार चयन गरेर निर्वाचन कार्यालयमा पठाउनु बुद्धिमानी हुने देखिन्छ । किनभने स्थानिय स्तरको विकासको लागि योग्य तथा कर्मठ व्यक्तिको चयन हुन जरुरी छ । योग्य व्यक्तिले नै आफ्नो सुझाव तथा राय दिएर सामाजिक परिवर्तन गर्न गराउनमा अहम भूमिका खेल्न सक्छ । नेपालको वर्तमान परिवेशमा स्थानिय विकासलाई नियाल्दा मात्र भौतिक रुपमा सडकहरुको विकास भएको छ । तर अन्य क्षेत्रहरु जस्तो की स्वास्थ्य,शिक्षा,सञ्चार लगायतका क्षेत्रहरुको विकास यथावत रहेकाले यसको विकास गर्न गराउँन योग्य उम्मेदबारको चयन गर्न जरुरी छ ।