महोत्तरीबाट भारततर्फ तस्करी गर्न लागिएको मटर बरामद – Jaleshwortoday

महोत्तरीबाट भारततर्फ तस्करी गर्न लागिएको मटर बरामद

 २ कार्तिक २०७७, आईतवार १९:३९  
Matar

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ कार्तिक

भारततर्फ तस्करी गर्न लागिएको २२ क्विन्टल बढी मटर महोत्तरी प्रहरीले बरामद गरेको छ । मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्सबाट ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गएराति छापा मारेर मटर बरामद गरेको हो । बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।