कर्मचारीतन्त्रले अभिभावकत्व निभाउन जरुरी – Jaleshwortoday

कर्मचारीतन्त्रले अभिभावकत्व निभाउन जरुरी

 १५ बैशाख २०७९, बिहीबार ०४:१२  
Jaleshwor Today Editorial

बैशाख ११ र १२ गते दोस्र्रो स्थानिय निर्वाचनमा भाग लिन स्थानिय जनप्रतिनिधिबाट उम्मेदबारी दिइए पछि स्वतः उनीहरुको पदीय जिम्मेबारी मुक्त भएको छ भने पालिकाहरुमा उपलब्ध कर्मचारीतन्त्रको अभिभावकबिहीन अवस्थामा निर्वाचित जनप्रतिनिधि नआउन्जेलसम्म निर्वाचित जनप्रतिनिधि नआउन्जेलसम्म अभिभावकत्वको जिम्मेबारी निर्वाह गर्ने जिम्मेबारी कानूूनसम्बत थपिएको छ । यतिबेला प्र्रशासकीय अधिकृत,लेखापाल लगायत अन्य कर्मचारीहरुले कार्यालयको दैनिक कार्य समपन्न गर्न अहम भूमिका खेल्न जरुरी देखिन्छ । बैशाख ३० हुने दोस्रो स्थानिय निर्वाचनलाई सफल पार्न केहि कर्मचारीहरुलाई निर्वाचनमा खटाइने भएकोले यस अवस्थामा कार्यपालिकाहरुलाई बिना कुनै बाधाको चल्न चलाउनको लागि अस्थायि नीति तथा योजना बनाई कार्यालयको काम कार्यबाही अघि बढाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । कोे.ले.नि.का.ले समेत भुक्तानी प्र्रणालीलाई सुचारु राख्न कर्मचारी व्यवस्थापन गर्न जरुरी छ ।