नेपालमा फेरि सुरु हुने भयो लोडसेडिङ, बिजुली काट्ने तालिका सार्वजनिक हुँदै – Jaleshwortoday

नेपालमा फेरि सुरु हुने भयो लोडसेडिङ, बिजुली काट्ने तालिका सार्वजनिक हुँदै

 १५ बैशाख २०७९, बिहीबार ०४:२१  
nn

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ बैशाख

नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि बुधबारबाट औद्यागिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने बताए । उनले भारतबाट बिजुली पाउन छाडिसकिएकोले करिब १०÷१५ दिन औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्ने बताए । उनले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’ प्राधिकरणले अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको जनाएको छ ।