जलेश्वरटुडे समाचारदाता
पर्सा, २२ बैशाख
नेपाल सद्भावना पार्टीको तर्फबाट विरगञ्ज महानगरपालिकाको मेयर पदमा
उम्मेदबारी दिएका विजय कुमार रौनियारले आफू जितेपछि यस पालिकालाई
कृष्णको मथुुरा भैं प्र्रसिद्ध बनाउने प्र्रतिबद्धता व्यक्त गरेका छन् ।
विरगञ्जको घण्टाघर नजिक आयोजित कार्यक्रममा आफूले यस पालिकामा
भएको अत्यधिक भ्रष्टाचार मुक्त गर्न तथा यस क्षेत्रलाई औद्योगिक तथा धार्मिक रुपमा विकास गर्न गराउन जनता जनाद्र्धनको आशिर्वाद आवश्यक रहेकोले
सबैलाई पन्जा छापमा मतदान गर्न आग्र्रह समेत गरे ।त्यसैगरी कलैया नगरपालिकाको वडा नं. १ बाट नेसपाको तर्फबाट वडाध्यक्षको उम्मेदबार
राजकिशोर साह कानुले चुनावमा जितेपछि सबैको चौतर्फि विकास गर्ने प्रतिबद्धता
जाहेर गर्नुभयो । त्यसैगरी पर्सागढी नगरपालिकाको लागि नेसपाबाट विरेन्द्र
कुुमार कलबारले मेयर पदमा उम्मेदबारीको उद्घोष गर्दै आफू नेपाली सेनाबाट निबृत्त नागरिक भएकोले यस पालिकालाई सफल तथा सबल बनाइछाड्ने प्र्र्रतिबद्धता जाहेर गर्नुभयो ।