अब बैशाख ३० गते अर्थात स्थानिय चुनाव आउँनमा ६ दिन मात्र बाँकी छ । सबै उम्मेदबारदेखि दलिय नेता तथा कार्यकर्ताहरु आ—आफ्ना पार्टीगत प्रचारप्रसारमा लागेका देखिन्छन्् । मधेसमा मधेसबादी उम्मेदबारहरु विभिन्न पार्टीबाट उम्मेदबारी दिएका छन् भने कतिपय उम्मेदबारहरु स्वतन्त्रबाट समेत जित्ने ध्येयले उम्मेदबारी दिएका छन् । यस परिवेशमा जनता जनाद्र्धनले आफ््नो नेता छनौट गर्नमा अलमलमा पर्नु हुदैन । अहिले मधेसी जनताले मधेसबादी पार्टीको पहिचान गर्न जरुरी छ । स्व.गजेन्द्र्र नारायण सिंहले मधेस र मधेसीको लागि गरेका कामहरु अविष्मरणीय छन् । अहिले नेसपाले पनि विभिन्न पालिकाहरुबाट उम्मेदबारी दिएका छन्् । यसको पुरानै पन्जा छाप रहेका छन् । मधेसी जनताले एकचोटी अझै कम्मर कसेर मधेसबादी पार्टीलाई निर्वाचित गर्न जरुरी छ ।