स्थानिय चुुनाव अब ५ औं दिन अर्थात बैशाख ३० हुने निश्चित छ । अहिले सबै उम्मेदबार तथा जनसमुदायहरुको प्रतिक्षा बैशाख ३० कै छ । उम्मेदबारहरु मध्ये कसको हार वा जित होला यकिन गर्न मुश्किल भएकोले चुनाव को प्रतिफलबाट नै सबै प्रष्ट हुनेछन् । तर हुुने बिरुवाको चिल्लो पात र नहुने बिरुवाको खस्रो पात भने झैं चुनावी प्रतिफल पनि तय हुने पक्का छ । सत्यलाई परास्त्र गर्न वा लुकाउन सकिदैन । जनता वा अन्य पार्टीका उम्मेदबारलाई भोट दिन वा उम्मेदबारी फिर्ता वा बस्नको लागि उक्साउनु वा धाकधम्की दिनु कति को जायज हो ? यो सबै आँचारसंहिता बिपरित हो । निडरताको परकाष्ठा नाघेको परिवेशमा भगवान कृष्णको चमत्कारी उपचार नै सर्बोत्तम हुने देखिन्छ । जनताले चलाख हुन जरुरी छ र आफ्नो मतको व्यापारिकरण हुन जोगिन जरुरी छ भने उम्मेदबारहरुले समेत कसैको धामधम्कीदेखि तर्सिनु हुदैन । आवश्यक परेको खण्डमा प्रशासनको सहयोग लिनु नै बद्धिमानी हुने देखिन्छ । तर यस्ता कार्य गर्ने गराउँने तत्वले के बुझ्नुु पर्छ भने पैसाको चलखेलले एउटा संस्कारयुक्त देश निर्माण गर्न सकिदैन । बेइमानीको कमाईको कुनै औचित्य नहुने झै पैसा बाँडेर भोट किन्ने प्रयास गर्नु आफ्नो असक्षमताको प्रस्तुति करण गर्नु सरह भएकोले यस्तो फोहोरी खेल बन्द गर्न जरुरी छ ।