
अजयकुमार सिंह
धनुषा, २५ बैशाख
जतिजति निर्वाचनन जिकिदै छ त्यतित्यति जनकपुरको माहौल तातिदैछ । जनकपुर उपमहानगरपालिकाका मेयर पदका प्रत्यासीहरु विचको कडा प्रतिस्प्रर्धाका कारण यहाँका बुद्धिजिवीहरु पनि सही आँकलन लगाउन सकिरहेको छैन । पाँच दलिय गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी लाल किशोर साह जो निर्वतमान मेयर भएर नगरपालिकालाई चलाएका छन भने नेपाली कांग्रेसका तर्फबाट प्रवल दावेदारका रुपमा रहेका मनोज साह तर गठबन्धनका कारण टिकट नपाएर पार्टीबाट राजिनामा गरी बागि उम्मेदवारका रुपमा घण्टाघर छाप लिई प्रतिस्प्रधामा उत्रेका छन । त्यस्तै नेकपा एमालेका युवा उम्मेदवारका रुपमा रहेका शिवशंकर साह (हिरा) र निर्माण व्यवसायीका महान खेलाडी बलराम महतो जसको चुनाव चिन्ह आँप छाप रहेको छ । भोटरहरुको मनोभावना बुझदा जनकपुर अंचल बस व्यवसायीका अध्यक्ष भई काम गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी प्रति जनताहरुको भावना सकारात्मक देखिएको छ । सबैसंग हिलमिल संग बस्ने वानी र मिठो बोलीका कारण पनि सवैमा प्रिय रहेको देखिन्छ । मनोज चौधरी मधेश आन्दोलनकै समय देखि राजनितिमा सक्रिय रहेको छ । उसले जनताको भावनालाइृ अहिले पनि सकारात्मक रुपमा लिदै आएको छ । वहाका अनुसार जित हार आफनो ठाउमा छदैछ तर जनता जहिले पनि भगवान हुन उसलाई कहिले पनि चितः दुखाउनु हुर्दैन । मधेश आन्दोलनमा समेत उहाको भुमिकालाई जनकपुर उपमहानगर पालिकाका जनताहरुले मुल्यांकन गर्दै छन । जनकपुर उपमहानगरपालिकाका मेयरका प्रवल उम्मेदवारका रुपमा रहेका साईकल छापका तर्फबाट मनोज चौधरी अहिले १ नम्बरमा रहेका जनकपुरउपमहानगर पालिका वडा न. ११ का दिलिप साह बताउछन । साहका अनुसार लाल किशोर साहलाई जनताहरुले देखिसकेका छन ।अर्का सुर्य छापका उम्मेदवार शिवशंकर साह जो जनकपुर उघोग वाणिज्य संघका अध्यक्ष रहेका बेला के कति गर्यो सबैलाई थाहा भएको बिषय हो । नेपाली कांग्रेसका तर्फबाट उदयमान हुदै गरेका नेता मनोज साहलाई काग्रेसले विश्वास नगरी टिकट नै दिएन ।अर्को बलराम महतो जो आफुमा नै एउटा हुकुमत गर्ने खालका उच्च कोटीका निर्माण व्यवसायी रहेका छन । जसले जनकपुर क्षेत्र भित्र एडिवीबाट जनकुरको सडक नाला निर्माण गरे जुन समान्य बर्षात मा नै जलमग्न हुन जान्छ । यसता उम्मेदवार जनकपुरवासीका भाग्यमा आएका छन । अब हेर्न बाँकी छ जनकपुरको भाग्य कसले परिवर्तन गर्न सक्छ ।त्यस्तै मधेश आन्दोलनमा योद्धाका भुमिका निर्वाह गरेकी महिला नेतृ विभा ठाकुरलाई जनताले विश्वास नै गर्दैन । वृषेशचन्द्र लाल कर्णको सानो पार्टीका उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेकी छिन । त्यस्तै राप्रपाबाट किसागिरी लगायतका प्रत्यासीहरु रहेका छन । त्यस्ते उपमेयरमा काग्रेसबाट किशोरी साह र नेकपा एमालेबाट रुना झाको नाम विशेष चर्चामा रहेको छ भने । विशेष चर्चामा हरेक वडामा वडा अध्यक्षहरुमा स्वतन्त्र उम्मेदवारहरुको नामा चर्चामा रहेको छ । वडा न. ९मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार विजय कुमार सिंह पवन साह र नेकपा एमालेका राम नारायण साहको नाम विशेष रुपमा चर्चामा रहेको छ भने ११ मा कांग्रेसका उम्मेदवार अर्जुन चौधरी ,१० नम्बरमा स्वतन्त्र उम्मेदवार मिथिलेश कर्ण को नामा विशेष चर्चामा रहेको छ । अहिले जनकपुर पर्चा पम्पलेटबाट रंगिन बनेको छ ।