स्थानिय चुनावको अब १ दिन मात्र बाँकी रहेको परिवेशमा जनसमुदायलाई यस चुनावमा कसलाई आफ्नो प्रतिनिधि बनाउने भन्ने विषयमा चिन्तन तथा दबाब रहेको सहजै बुझ्न सकिन्छ ।
अहिले विभिन्न ७९ वटा पार्टीका नेता तथा कार्यकर्ताहरु आफ््नो पक्षलाई मजबुत देखाउनमा मौन अवधि पूर्व कुनै कसर छोडेनन् । जनतालाई आफ्नो पार्टीतिर तान्न विभिन्न पार्टीहरुले विभिन्न किसिमले प्रचारात्मक कार्यक्रम गरे । प्रथम स्थानिय चुनावबाट निर्वाचित जनप्र्रतिनिधिहरु समेत जनताको मुल्यांकनमा छन् । यी मिश्रित परिवेशहरुमा एउटा कुशल तथा कर्मठ पुरानै वा नयाँ नेता छनौट गर्नमा सकस हुनु स्वाभाविक हो । तर नेपाललाई सहि रुपमा विश्वको नक्सामा आर्थिक तथा अन्य क्षेत्रबाट सबल देखाउनु छ भने स्थानिय स्तरबाट नै कुशल जनप्रतिनिधिको छनौट गर्न आवश्यक रहेको देखिन्छ । यस पटकको चुनावमा परिचय खुल्ने कुनै पनि कागजात देखाएर मतदान गर्न सकिने भएपछि जनतालाई राहत भएको छ । तसर्थ आफ्नो मतलाई योग्य तथा देश विकासको कार्यमा तत्पर रहने व्यक्तित्वलाई चयन गर्न आवश्यक छ । राज्यको सबै संयन्त्र यो स्थानिय चुनाव सफल गर्न लागि परेकोले जनताले पनि जोडतोडले यस चुनावमा भाग लिई आफ्नो नेता चुन्न जरुरी छ । सबैलाई चुनावको हार्दिक शुभकामना छ ।