निर्वाचन महापर्व सफल पारौं – Jaleshwortoday

निर्वाचन महापर्व सफल पारौं

 २९ बैशाख २०७९, बिहीबार २०:५६  
Jaleshwor Today Editorial

आज स्थानिय निर्वाचन महापर्व संचालन हुदै छ । पाँच वर्षको लागि हामी आफ्नो जन प्र्र्रतिनिधि छान्ने मौका पाएका छौं । त्यस कारण यस अवसरलाई प्रत्येक नेपालीले सदुपयोग गर्नू आवश्यक तथा कर्तव्य पनि हो ।
आज धेरै नै हर्षाेल्लासको दिन हो । आज हरेक नागरिक सबै काम काज छोडेर यस चुनावी महापर्वलाई मनाउन तथा सफल पार्न आफनो घर दैलोमा फर्केका छन् । यस परिवशले जनतामा खुशीयालीको वातावरण सृजना गरेको छ । प्र्रत्येक जनता आफ्नो अमूल्य मतको गोप्य मतदान गर्न आतुर रहेको महसुस गर्न सकिन्छ र यस्तो आतुरता आउनु अस्वभाविक नभई स्वभाविक देखिन्छ ।
विशेष रुपमा उम्मेदबारहरुले समेत आत्तिनु पर्दैन । यो जनताको मूल्याँकन गर्ने क्षण हो त्यसकारण जनतालाई कुनै पनि किसिमको दबाब नदिई स्वच्छ तथा तटस्थ रुपमा मतदान गर्न प्रौत्साहन तथा सहयोग गर्न जरुरी छ । किनभने हार खाएर पनि त्यही समाजमा बस्नु छ । त्यसकारण यो जनताको आजको निर्णयले कसैको सुनौलो भविष्य कोर्ने छ भने कसैले आफू गरेको गल्तिको पश्चताप गर्ने तथा भूूल सुधार गर्ने मौका समेत पाउने योग देखिन्छ । त्यसकारण सकारात्मक सोच राखौं । विजय निश्चित छ । यस वखतमा सुरक्षा निकायदेखि सबै सरोकारबालाहरुमा यस महापर्वको सफलताको मंगलमय शुभकामना छ ।