जलेश्वरको वडा ४ सुुगा भवानीपट्टीमा ६५ प्रतिशत मतदान – Jaleshwortoday

जलेश्वरको वडा ४ सुुगा भवानीपट्टीमा ६५ प्रतिशत मतदान

 ३१ बैशाख २०७९, शनिबार ००:०२  
pp

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० बैशाख

जलेश्वर नगरपालिका वडा ४ अन्तर्गत सुगाभवानीपट्टी र मुुसरपट्टीमा करिब ६५ प्रतिशत मतदान भएको बुुझिएको छ ।
यस वडामा तीन वटा मतदान केन्द्र्र बनाइएको थियो । जस अन्तर्गत जलेश्वर वडा नं. ४ को कार्यालय परिसर भित्रको केन्द्रहरुमा जम्मा मतदाता १९३६ मध्ये १२२४ मत खसेको थियो । केन्द्र क मा महिला २९४ र पुरुष ३०७ गरी जम्मा ६०१ र केन्द्र ख मा महिला ३२० र पुरुष ३०३ गरी ६२३ मत खसेको थियो । त्यसैगरी शुकदेव मा.वि. केन्द्रमा जम्मा मतदाता १२०७ मध्ये ७८४ मत खसेको थियो । केन्द्र क मा महिला २२३ र पुरुष १५५ गरी जम्मा ३७८ र केन्द्र ख मा महिला २०७ र पुरुष १९९ मत खसेको थियो ।
त्यसैगरी ने.रा.प्र्रा.वि.मसुरपट्टी केन्द्रमा ५५१ मत खसेको थियो । जसमध्ये महिला ३१३ र पुरुष २३८ जनाले मतदान गरेका थिए । यस वडामा शान्तिपूर्ण तरिकाले मतदान भएको बताइएको छ ।