मुल्यबृद्धिको नौटंंकी नगर्दा हुदैन ? – Jaleshwortoday

मुल्यबृद्धिको नौटंंकी नगर्दा हुदैन ?

 २ जेष्ठ २०७९, सोमबार ००:४२  
Jaleshwor Today Editorial

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश पाण्डेय नेतृत्वको नेपाल आयल निगम सञ्चालक समितिको शनिबारको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक लिटरमा १० रुपैयाँले बढाइएको छ ।
मूल्य वृद्धिको नयाँ निर्णयसंगै देशैभर अब वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगीने छ । स्थानीय तह निर्वाचनमा मत खसाउन शहरबाट बाहिरिएका जनता शहर नफर्किदै मूल्यवृद्धिको चपेटामा परेका छन् । मतदानमा मत संकेतको लागि लगाएको मसी नसुक्दै सरकारले मूल्यवृद्धिको उपहार दिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको चर्को आलोचना गरेका छन् ।
शनिबार बढाइएको इन्धनको मूल्य निगमको इतिहासमै एकैपटक भएको सबै भन्दा ठूलो मूल्यवृद्धि हो । निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल एकै पटकमा लिटरमा १० रुपैयाँसम्म मूल्य घटेको थाहा पाएको, तर एकै पटक यति धेरै मूल्य बढेको यो नै पहिलो पटक हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको खुद मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल १४३ रुपैयाँ थियो । यसअघि निगमले २२ चैतमा डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्यवृद्धि गरेको थियो । पूर्ण सरकारी स्वमित्वको निगमले घाटा चुलिँदै गएको बहानामा उपभोक्तामाथि पुनः मूल्यवृद्धि थोपरिएको छ । तर, इन्धनको नाममा सरकारले कमाउने कर घटाउन भने कुनै पनि निकायको ध्यान पुगेको देखिन्न । अघिल्लो महिनाको विवरणअनुसार आयल निगमको घाटा नौ महिनामा ३३ अर्ब छ तर त्यस अवधिमा सरकारले राजश्व र करमा गरेर उपभोक्ताबाट ८८ अर्ब रुपैयाँ आफ्नो ढुकुटीमा खिचेको छ । सडक मर्मत, प्रदुषण नियन्त्रण, पूर्वाधार विकास कर लगायतका ७ शीर्षकमा सरकारले अहिले भन्सार विन्दुमै उपभोक्ताबाट कर असुल गर्छ । आयल निगमका अनुसार पूर्वाधार विकास कर भनी सरकारले पेट्रोलियम पदार्थमा उठाएको कर हालसम्म ९० अर्ब पुगिसकेको छ । बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै सरकारले इन्धनमा प्रतिलिटर ५ रुपैयाँ उठाउने गरेको कर पछिल्लो समय बढाएर १० रुपैयाँ बनाएको थियो । गत वर्ष पेट्रोलियमबाट मात्रै जनतासंग ९८ अर्ब कर संकलन गरेको सरकारले चालु आर्थिक वर्षको चैत तेस्रो सातासम्म ८८ अर्ब रुपैयाँ कर संकलन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दूमा पुग्दा पनि सरकार भने करबारे पुनरावलेकन गर्न तयार छैन । शनिवारको मूल्यवृद्धि अघिसम्म पेट्रोलमा ६० रुपैयाँ र डिजेलमा ४३ रुपैयाँ कर सरकारले लगाइ रहेको छ । सरकारले भारतीय आयल निगमबाट प्रतिलिटर ११८ रुपैयाँमा किनेको डिजेलमा मात्रै ४३ रुपैयाँ ४१ पैसा कर उठाउँछ । १०८ रुपैयाँ ६५ पैसामा किनेको पेट्रोलमा ६० रुपैयाँ ६३ पैसा कर लाग्छ भने १११ रुपैयाँमा किनेको मट्टितेलमा १३ रुपैयाँ ४६ पैसा कर सरकारले उठाउने गरेको छ । नेपाल आयल निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा १५ दिनको अनुमानित बिक्री मूल्य पठाउने गर्छ । जसअनुसार गत वैशाख १८ गते मे एकको दिन नयाँ मूल्य पठाएको थियो । यता अर्थमन्त्री जनाद्र्धन बास्तोलाले २ दिन संस्था बन्द गर्ने निर्देशन दिदै हुनुहुन्छ भने अर्का तिर उच्च मुल्य थपेर जनता निर नौर्टकी गरेको देखिन्छ ।