मतगणनामा तिव्रता देऊ – Jaleshwortoday

मतगणनामा तिव्रता देऊ

 ४ जेष्ठ २०७९, बुधबार २१:०१  
Jaleshwor Today Editorial

स्थानिय निकायको चुनाव यहि बैशाख ३० गते समपन्न भइसके पनि अहिलेसम्म उम्मेदबारको मतगणना जारी नै रहेकोले अन्य कामहरु प्रभावित भएको देखिन्छ । मतगणनालाई तिब्र्र गर्न गराउन आवश्यक रहेको देखिन्छ । अहिले पनि उम्मेदबारदेखि उनका समर्थकहरु पूर्णरुपमा आ—आफ्ना काममा समर्पित हुन सकेका छैनन्् किनभने सबैलाई आफ्ना नेताको नतिजाको पर्खाई रहेको छ । अहिलेसम्म पालिकाहरुमा केहि वडाहरुको मतगणना पुरा भएका छन् भने प्रायजसो वडाहरुको मतगणना बाँकी नै रहेकोले यो गणना महिनौ लम्बिने चिन्ता बढेको देखिन्छ । मतगणना तटस्थ तथा पारदर्र्शि हुन आवश्यक छ । मतगणनामा तिब्रता बढाउनको लागि मत गणनकहरुको संख्यामा बृद्धि गर्न गराउन आवश्यक छ । पछिल्लोपटक मतगणना गर्नको लागि यन्त्रको प्रयोग गरिए पनि केहि वर्षदेखि यसलाई प्र्रयोगमा नल्याउनु यान्त्रिकरणलाई बेवास्ता गर्नु झै बुझिएकोले यसमा सुधार गर्न गराउन आवश्यक छ । अहिले विश्व नै डिजिटल तथा यान्त्रिक भईसकेको परिवेशमा नेपाललाई पनि डिजिटल तथा प्रविधियुक्त बनाउनमा सबै सरोकारबालाहरुको समयमै ध्यान केन्द्र्रित हुन आवश्यक रहेको देखिन्छ ।