जलेश्वर नगरपालिकामा जसपाका नगर प्र्रमुुखमा सुरेश साह सोनार र उपप्र्रमुखमा रौशन खातुन विजयी – Jaleshwortoday

जलेश्वर नगरपालिकामा जसपाका नगर प्र्रमुुखमा सुरेश साह सोनार र उपप्र्रमुखमा रौशन खातुन विजयी

 ८ जेष्ठ २०७९, आईतवार ०२:५९  
Jaleshwor Mayor Upmayor

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ जेष्ठ

महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)नेपालका नगर प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । नगर प्रमुखमा जसपाका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत पाएका छन् । मिश्र जलेश्वर नगरपालिकाका निवर्तमान मेयर हुन् । त्यस्तै, नेकपा एमालेका रामआधार कापरले ४ हजार ७८२ र नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० मत मात्र पाएका छन् । यस्तै उपमेयरमा जसपाकै रौशन खातुन निर्वाचित भएकी छन् । उनले ५ हजार ८२३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुन्चुन देवीले ४ हजार ९०१ मत ल्याएकी हुन् । त्यस्तै, लोसपाकी फरहत खातुनले ४ हजार ८६२ र नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ मत मात्र पाउन सकेकी छन् । जलेश्वर नगरपालिकाको १२ मध्ये ६ वडामा नेकपा एमाले, ५ वडामा जसपा र १ वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेका छन् । साथै जलेश्वर वडा नंं. १० बाट वडाध्यक्षमा विकाउ दास दोस्र्रो पटक र वडा नंं. ११ बाट जसपाकै वडाध्यक्षमा मनोज साह प्र्र्रथम पटक विजयी भएका छन् ।