अर्थमन्त्रालयको निर्णय सच्याउन जरुरी – Jaleshwortoday

अर्थमन्त्रालयको निर्णय सच्याउन जरुरी

 ११ जेष्ठ २०७९, बुधबार २२:३६  
Jaleshwor Today Editorial

अर्थमन्त्रालयले गरेको निर्णय सच्याउन आवश्यक रहेको देखिन्छ । अर्थमन्त्री जनाद्र्धन शर्माले अघि सारेको सप्ताहमा २ दिनको बिदा अर्थहीन साबित भएको छ भने व्यापक जनगुनासो बढेको देखिन्छ । सबैभन्दा बढी यस निर्णयले शिक्षा क्षेत्रलाई ब्याकुल बनाएको बुझिएको छ । जम्मा शिक्षण अवधि नै अपर्याप्त रहेको अवस्थामा आइतवार पनि दिइएको बिदाको निर्णयले विद्यार्थी,अभिभावक तथा शिक्षकको टाउको दुखाई बढाएको बुझिएको छ । त्यसकारण यो २ दिने बिदाको निर्णयलाई सच्याई पूूर्व झै विद्यालय लगायत अन्य क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । यता अर्थमन्त्रालयको निर्णय अनुसार सरकारी कार्यालयहरुद्वारा झन सरकारी सबारी साधन तथा ईन्धनको दुरुपयोग भइरहेको पाइएको छ । अर्काेतिर रातारात इन्धनको मूल्य प्रति लिटरको रु १०।— तथा ग्याँसमा २०० बृद्धिले समान्य जनतामा आक्रोस बढनुको साथै बौद्धिकवर्ग श्रीलंकाको जस्तो अवस्था नेपालमा पनि आउने अडकल गर्न थालेका छन् । यता अर्थमन्त्रालयदेखि नेपाल सरकारको साँघुरो तथा पछ्यौटे सोचले नेपालको अर्थव्यवस्था नै ध्वस्त हुने चिन्ता बढेको छ । अर्काेतिर नेपालमा खाद्य संकट पनि बढेको अवस्था छ । त्यस कारण अहिले आराम भन्दा काम गर्ने बेला हो । विद्युतको महसुलमा कमी ल्याई ग्यासको बदलामा विद्युतिय हिटरको प्रयोग बढाउन नीति तथा कार्यक्रम तर्जुमा अनुसार कार्यान्वयन गर्न गराउन जरुरी छ ।
आन्तरिक उत्पादन बढाउनुको साथै रात्रीकालिन व्यवसाय समेत संचालन गर्ने अनुमति दिइनु पर्छ ।