महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक काम बाहेक सम्पूर्ण सेवा बन्द – Jaleshwortoday

महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक काम बाहेक सम्पूर्ण सेवा बन्द

 ३ कार्तिक २०७७, सोमबार २०:१९  
CDO Office

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ कार्तिक

जिल्ला प्रशासन कार्यालय महोत्तरीका केही कर्मचारीहरुमा कोरोना संक्रमणजस्तो मिल्दोजुल्दो लक्षण देखिन थालेपछि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएपछि त्यसको निक्यौलको लागि अर्को सुचना नभएसम्मको लागि अत्यावश्यकीय बाहेक सम्पूर्ण काम बन्द गरिएको जानकारी दिनुभयो । प्रजिअ कटुवालले ठाडो निवेदनरउजुरी, मुद्दा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन र हात हतियार नविकरण सम्बन्धी सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो । केही दिन यता जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता लिन, पासपोर्ट लिन, मधेशी प्रमाणित गराउन, राष्ट्रिय परिचयपत्र बनाउन भिड देखिने गरेको थियो ।