
पवन कुमार साह
धनुषा, २० जेष्ठ
पानोस साउथ एसिया,एनडिआईको सहयोगमा जनकपुरधाममा बुधबारदेखि संचालित गोष्ठी आज समपन्न भएको छ । नेपालमा महिला राजनीतिज्ञमाथि
अनलाइनमा हुने हिंसा विरुद्ध कसरी जुध्ने भन्ने तीन दिने कार्यशाला गोष्ठीमा पहिलो दिन राजनैतिक प्रमुख बक्ताहरुमा मधेस प्रदेश सभा सदस्य रानी शर्मा
तिवारी,स्थानिय नेतृ विभा ठाकुर,लुका मिश्र,दोस्रो दिन मधेस प्रदेश सभा सदस्य
मन्जु यादव, महिला अधिकारकर्मी रेखा झा र आमसञ्चार प्राधिकरण अध्यक्ष श्याम सुन्दर यादवको उपस्थिति रहेको थियो । सबै बक्ताहरुले महिलाको निर्णायक सहभागिता नभएको कारण पुरुष प्रधान समाजमा अगाडी बढन कठिन
रहेको बताउनुभयो । पानोस साउथ एसियाका रम्यता लिम्बु,दीपक अधिकारी र इन्जिना पन्थी,पुष्पा जोशी,अरुण कार्की तथा पर्पल फाउण्डेशनको सिर्र्जना काफ्लेको विशेष सहकार्यमा गोष्ठी सफलता साथ समपन्न भएको थियो ।
सहभागीहरु मध्ये मानव अधिकारकर्मी मदन झा र पत्रकार माला रायले गोष्ठीबाट धेरै कुराहरु सिकिएको बताए ।