भारतको महावाणिज्य दूतावास, बीरगंजद्वारा विश्व साइकल दिवस मनाइयो – Jaleshwortoday

भारतको महावाणिज्य दूतावास, बीरगंजद्वारा विश्व साइकल दिवस मनाइयो

 २२ जेष्ठ २०७९, आईतवार ०४:५९  
Cycle

चन्दन श्रीवास्तव
पर्सा, २१ जेष्ठ

भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा विश्व साइकल दिवस मनाइयो
ूआजादी का अमृत महोत्सवू अन्तरगत विश्व साइकल दिवस मनाउन, वीरगन्जमा भारतीय महावाणिज्य दूतावासले साइकल र्‍यालीको आयोजना गरेको छ। र्‍याली दुई विधामा आयोजना गरिएको थियो । एउटा व्यावसायिक र अर्को एमेच्योर साइकल यात्रीका लागि ।
व्यावसायिक विधामा महावाणिज्यदूत, स्थानीय जनप्रतिनिधि, बीरगंज साइकल यात्री संघका सदस्य सहित २५ जना साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त रैली साढे ५ बजे सुरु भएको थियो र सीजीआई बीरगंज देखि बाराको गढीमाई मन्दिर तथा फिर्ता ४० किलोमिटरको दुरी यात्रा गरेको थियो।
एमेच्योर साइकल र्‍यालीलाई सोही दिन ७ बजे महावाणिज्यदुत श्री नीतेश कुमार द्वारा झण्डा देखाएर शुभारम्भ गरिएको थियो । जसमा स्थानीय प्रशासन, पत्रकार, नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी तथा कर्मचारीहरुको प्रतिनिधित्व गरी करिब १०० साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त र्‍याली करिब १२ कि.मी.को रहेको थियो जुन महावाणिज्य दूतावास, पावर हाउस चोक, आईसीपी गेट, घण्टाघर, माइस्थान, आदर्शनगर, अलाखियामठ, पुरानो बसपार्क र घरिअर्वा पोखरी हुँदै फेरी वाणिज्य दूतावास पुगी समाप्त भएको थियो ।
वाणिज्य दूतावास द्वारा ६ महिनाको अवधिमा आयोजना गरिएको यो दोस्रो साइकल र्‍याली हो । र्‍यालीको उद्देश्य शारीरिक तन्दुरुस्ती र सन्तुलनको सन्देश फैलाउने र साइकल चलाउनु वातावरणमैत्री मात्र नभएर उत्कृष्ट व्यायाम र सस्तो यातायात पनि हो भन्ने सन्देश दिने रहेको थियो । र्‍यालीले भारत र नेपालका जनता बीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने आशा गरिएको छ।