जलेश्वर नगरपालिका जलेश्वरनाथको शरणमा हुर्केको तथा विकसित भएको साथै अपार विकासका सम्भावना बोकेको पालिका हो । बिगतमा यस पालिकामा भएका विभिन्न कार्यक्रम तथा योजनाहरु बन्द कोठामा समपन्न भई सर्व साधारणहरु तथा सञ्चार माध्यमहरु समेत यस बारे अनुभिज्ञ भई विकासात्मक बजेटहरुको सदुपयोग नभएको अवस्था देखियो । परिणामस्वरुप जनता जनार्धनले आफ्नो निर्णय समेत फेरी सहानुभुति स्वरुप अपार आस्था र विश्वास बोकी नव नगर प्रमुख चयन गरे । यसबाट अव यस पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण तथा शपथ लिएको कार्यक्रमको स्मरण गर्दै अब उपरान्त सबै कार्यक्रमहरु तथा आवश्यक सूचनाहरु विभिन्न सञ्चार माध्यमहरुको सहयोग लिई सम्प्रेशन गर्न गराउन प्रयासरत रहन आवश्यक रहेको देखिन्छ । सूचना लुकाउनु,स्थानिय सञ्चार उद्यमी तथा सञ्चार माध्यमहरुलाई ग्राहयता नदिनु कानुनी तथा व्यवहारीक रुपमा गलत हो । त्यसकारण जनताले आफ्नो जनप्रतिनिधिलाई तब मात्र राम्रो र हाम्रो ठान्दछ जब जनप्रतिनिधिले पालिकाको कार्यहरुलाई वेबसाइट,सञ्चार माध्यमहरु प्रयोग गरी सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरुको प्रयोग गरी पारदर्शिता देखाउँदछ । त्यसकारण सञ्चारमैत्री कार्यक्रमहरु गर्न तथा सूचना प्रकाशन तथा बितरणमा स्थानिय सञ्चार माध्यमहरुको प्रयोगमा पहँुच राख्न सूचना शाखा लगायत नगर प्रमुखले ध्यान दिन आवश्यक देखिन्छ । स्थानिय विकास गराउँनमा स्थानिय सञ्चार माध्यमहरु र स्थानिय सरकारको वीच समन्वय हुन जरुरी छ ।