आँप फलको राजा,खानमा सचेत रहौं – Jaleshwortoday

आँप फलको राजा,खानमा सचेत रहौं

 २९ जेष्ठ २०७९, आईतवार ०१:२६  
Jaleshwor Today Editorial

अहिले फलको राजा आँपको मौसम छ । प्राय गरी हरेक घरमा दिनहँु पाकेको आँप नभई नहुने फलको रुपमा आवश्यक रहेको देखिन्छ । आपलाई फलको राजा मान्नुको प्रमुख कारणहरुमा यसमा हाम्रो शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्वहरु पाइनु हो । अब बच्चादेखि बृद्धसम्मका सबै उमेरको व्यक्तिहरुलाई चाहिने सुुन्दर तथा लोकप्रिय यो फलको विभिन्न प्रजातिहरु तथा प्रकारहरु भएकाले सबैलाई सबै थरिका आँपहरु राम्रो लाग्दछ । कसैलाई मालदह त कसैलाई बम्बई,दसहरी आदि मनपराउँदछ । जे होस् आँपले आर्थिक उपार्जनको स्रोतको रुपमा समेत देखिएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको पिपरामा आँपको खेति भएकोले यसले त्यहाँका किसानहरुलाई लाभान्वित बनाएका हुन्छन् । यहाँ आँपको उत्पादन धेरै भएकोले मूल्यमा समेत सस्तोपन देखिएको हुन्छ । तर यस वर्ष रुखमै आँपमा किरा लाग्ने भएकोले यस वर्ष किसानहरुलाई घाटा भएकोले मूल्य बृद्धि भएको किसानहरु बताउँछन् । यस सम्बन्धमा सम्बन्धित कृषि कार्यालयहरुले समेत अध्ययन तथा अनुसन्धान गर्न जरुरी छ । अब बजारमा उपलब्ध आँपहरुलाई छानेर तथा परिक्षण गरेर मात्र खानुपर्छ । किनभने कतिपय आँपहरु बिषालु पनि फेला परेका छन्् । रुखबाट नै किनेको आँपहरु काँचो भए पनि घरमा राखेर खाँदा यसले स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दैन ।