पिपराको आँप उत्पादनमा सहयोग जरुरी – Jaleshwortoday

पिपराको आँप उत्पादनमा सहयोग जरुरी

 ३० जेष्ठ २०७९, सोमबार ०५:३६  
Jaleshwor Today Editorial

प्राय गरी हरेक घरमा दिनहँु पाकेको आँप नभई नहुने फलको रुपमा आवश्यक रहेको देखिन्छ । आपलाई फलको राजा मान्नुको प्रमुख कारणहरुमा यसमा हाम्रो शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्वहरु पाइनु हो । अब बच्चादेखि बृद्धसम्मका सबै उमेरको व्यक्तिहरुलाई चाहिने सुुन्दर तथा लोकप्रिय यो फलको विभिन्न प्रजातिहरु तथा प्रकारहरु भएकाले सबैलाई सबै थरिका आँपहरु राम्रो लाग्दछ । कसैलाई मालदह त कसैलाई बम्बई,दसहरी आदि मनपराउँदछ । जे होस् आँपले आर्थिक उपार्जनको स्रोतको रुपमा समेत देखिएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको पिपरामा आँपको खेति भएकोले यसले त्यहाँका किसानहरुलाई लाभान्वित बनाएका हुन्छन् । यहाँ आँपको उत्पादन धेरै भएकोले मूल्यमा समेत सस्तोपन देखिएको हुन्छ । तर यस वर्ष रुखमै आँपमा किरा लाग्ने भएकोले यस वर्ष किसानहरुलाई घाटा भएकोले मूल्य बृद्धि भएको किसानहरु बताउँछन् । यस सम्बन्धमा सम्बन्धित कृषि कार्यालयहरुले समेत अध्ययन तथा अनुसन्धान गर्न जरुरी छ । किनभने यदि रुखमा लागेको रोगको पहिचान गरी रोग नियन्त्रण गर्न सकिए आँप उत्पादनको सदुपयोग गर्न सकिन्छ । नत्र भने यसले आम किसानमा निराशा ल्याउन सक्छ । यस क्षेत्रका अन्य खालि ठाउँहरुमा आँप रोप्न स्थानिय तथा प्रदेश सरकारले समेत विभिन्न कृषकमुखि योजना ल्याउन जरुरी छ ।