जिसस महोत्तरीको प्रमुखमा लोसपा नेपालका सुमन कर्ण विजयी – Jaleshwortoday

जिसस महोत्तरीको प्रमुखमा लोसपा नेपालका सुमन कर्ण विजयी

 २ असार २०७९, बिहीबार ०६:११  
Suman

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ आषाढ

जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवार्दी पार्टी (लोसपा) नेपालका सुमन कुमार लाल कर्ण विजयी भएका छन् ।
लोसपा नेपालका कणर्ले १६ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धि जसपा नेपालका उम्मेदवार कृष्ण शंकर साहले १४ मत प्राप्त गरेको महोत्तरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साहलाई २ मतले पराजित गर्दै कणर् जिसस महोत्तरीको प्रमुखमा विजयी भएका हुन् । त्यसैगरी जिसस उपप्रमुखमा नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)का नन्दु महरा विजयी भएका छन् । िउपप्रमुखमा नेकपा एमालेका महरा र नेपाली काँग्रेसका धवेन्द्र कुमार यादवको वरावर १५÷१५ मत आए पछि गोला प्रथा गर्दा महरा विजयी भएकोे सहायक निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले जानकारी दिए । त्यस्तै खुल्ला सदस्यमा लोसपा नेपालबाट सरयुग यादव, लोसपा नेपाल संग गठबन्धन गरेका स्वतन्त्रबाट श्याम कुमार तामाङ र हरिप्रसाद गौतम विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का जैसी देवी गोलाप्रथा गर्दा विजयी भएकी छिन् भने लोसपा नेपालका रिता देवी, नेकपा एमालेका लक्ष्मी कुमारी परियार विजयी भएको सहायक निर्वाचन अधिकृत त्रितालले जनाए । यस्तै दलित वा अल्पसंख्यक सदस्यमा लोसपा नेपालका रामलखन पंजियार विजयी भएका छन् । जिसस महोत्तरीको नेतृत्वका लागि जसपा नेपाल र नेपाँली काँग्रेसको गठबन्धन भएको थियो भने लोसपा नेपाल , नेकपा एमाले , स्वतन्त्र र तमलोपाले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका थिए । महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिकाको पालिकाका प्रमुख र उपप्रमुख गरी ३० जना मतदाता रहेका थिए ।