राजधानीलाई डुबानबाट बचाऊ – Jaleshwortoday

राजधानीलाई डुबानबाट बचाऊ

 ५ असार २०७९, आईतवार २१:४५  
Jaleshwor Today Editorial

मधेस प्रदेशको राजधानी जनकपुरधामलाई मन्दिर र लामखुट्टेको शहर भने झै यसलाई डुवानको शहर पनि भन्ने गरिन्छ जुन यथार्थ हो । प्रत्येक वर्ष बर्षातको समयमा जनकपुरधाम डुब्ने गर्दछ । यसको प्रमुख कारणको रुपमा यहाँ नालाको व्यवस्थापन नै हो । एडिबीले तयार पारेको भूमिगत नाला तथा ढल व्यवस्थापन असफल रहेको देखिन्छ । किनभने एकदेखि दुई घण्टासम्म लगातार वर्षा भएमा जनकपुरधामको नालाहरु जलमग्न भई पानी सडकमा राम्रोसँग देख्न सकिन्छ । यतिमात्र होइन पुरानो घरहरुदेखि नयाँ घरमा समेत पानी पसेर जनजिवन कष्टकर हुने गरेको प्रत्येक वर्षको यो नियमित समस्या हो जसको अहिलेसम्म समाधान हुन सकेको छैन । यत्रो ठूलो एडीबीको लगानी लागे पनि समस्या समाधान हुन नसक्नु चिन्ताको विषय बन्न पुगेको छ । त्यस कारण यस वर्ष मनसुन चाडै शुरु भएको कारण वर्षा अहिले दिनहुँ हुने गरेकोले यसको व्यवस्थापन अहिले पनि नखोजिए यहाँको जिवन कष्टकर हुनबाट कसैले जोगाउन सक्दैन । यो चुनौतिपूर्ण रहे पनि यसको समाधान गर्न सबै सरोकारबालाहरुले समयमै ध्यान दिन जरुरी छ ।