अहिले देश भरीका गाउँपालिका,नगरपालिका,उपमहानगरपालिका तथा महानगरपालिकाहरु आ—आफ््ना नीति तथा कार्यक्रम बनाउन तथा प्रस्तुत गर्नमा व्यस्त देखिन्छ । यसै नीति तथा कार्यक्रमको आधारमा पालिका स्तरिय कामहरु अगाडी बढाइने छ । खास गरी यस प्रस्तुतिले नागरिक समाजलाई भावी कार्यक्रम तथा पुरानो नियमलाई यथावत राख्ने वा फेरबदल वा परिवर्तन सम्बन्धमा जानकारी गराइन्छ । कुनै पनि पालिकाको नीति तथा कार्यक्रम व्यवहारिक तथा कार्यान्वयनमुखि हुन नितान्त जरुरी छ । नीति तथा कार्यक्रम कुनै पनि पालिकाको विकासात्मक तथा सुधारात्क कार्यक्रमको झझल्को हो । यसले जनतालाई समाधान दिनुको साथै पालिलालाई स्तरोन्नति गरी नमुना पालिका बनाउने विकासात्मक तथा सुधारात्मक भावि दर्पण हो । तर पालिका प्रमुख लगायत सरोकारबालाहरुले जनतालाई देखाएको नीति तथा कार्यक्रमलाई व्यवहारमा लागु गरी कार्यान्वयन तर्फ विशेष रुपमा ध्यान दिनुपर्ने आवश्यक रहेको देखिन्छ ।