
रामायण शर्किटको शुरुवातले भारत तथा नेपालको संस्कृति,कला,साहित्य,रहनसहन लगायतका धेरैजसो महत्वपूर्ण कुराहरुका आदानप्रदान हुने पक्का देखिन्छ । सरल,सहज तथा किफायति सेवाको रुपमा संचालित यो रेल मार्गले सबैको ईच्छा तथा आकाँक्षा पुरा हुने देखिन्छ ।
भारतका विभिन्न शहर तथा ठाउँहरु जहाँ भगवान राम र माता सिताको मन्दिर तथा पवित्र स्थानहरु छन् ,त्यस ठाउँहरुको भ्रमण सहज रुपमा भारत सरकारले उपलब्ध गराई दिएकोमा हामी नेपाली भारत सरकारप्रति प्रकट गर्नुपर्दछ । साथै यस पावन अवसरको सदुपयोग गर्न हामीले पछि पर्नु हुदैन । अर्थात दुवै देशबाट पर्यटकीय चहलपहल बढने भएकोले भारत नेपालको दाँजो पर्यटकीय व्यवस्थापनमा अग्रज रहे पनि नेपालका अन्य शहरहरु लगायत जनकपुरधामले पनि पर्यटकीय व्यवस्थापनमा सिघ्र जुट्न आवश्यक रहेको देखिन्छ । जनकपुरधाम लगायत यस क्षेत्रका वरिपरीका ठाउँहरु जस्तो की जलेश्वर,मटिहानी,धनुषाधाम,पडौलस्थान आदि समेतको प्रबद्र्धनको लागि पर्यटन गाइड,पर्यटकीय ठाउँ तथा परम्परागत सामानहरुको मरम्मत संभार तथा रंगरोगन आदिको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।