पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो, सरकारले स्थायी समाधान खोज्न आवश्यक – Jaleshwortoday

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो, सरकारले स्थायी समाधान खोज्न आवश्यक

 १२ असार २०७९, आईतवार ००:२८  
Petrol

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ आषाढ

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो । तर यस मूल्यमा आएको क्षणिक न्यूनिकरणले जनताको जनजिवनमा खासै फरक नपर्ने भएकोले सरकारले स्थायी रुपमा अझै मुल्य न्यूनिकरण तर्फ पहल गर्न जरुरी रहेको उपभोक्ताकोे ईच्छा रहेको बुझिएको छ ।