पालिकाले भुुक्तानीमा सिघ्रता अपनाउन जरुरी – Jaleshwortoday

पालिकाले भुुक्तानीमा सिघ्रता अपनाउन जरुरी

 १३ असार २०७९, सोमबार ००:४५  
Jaleshwor Today Editorial

प्रत्येक स्थानिय निकायमा आषाढको अन्त्यमा भुक्तानी गर्नुपर्ने हतार रहने गर्दछ । स्थानिय चुनाव र नगर सभा वा गाउँ सभाको कारण यस आर्थिक वर्षमा धेरै कामहरु नभएकोले अन्य वर्षको तुुल्नामा यस वर्ष भुुक्तानी दिनुपर्ने कमै काम रहेको देखिन्छ । कति पालिकाहरुमा गत आ.व.का भुक्तानीहरु गर्नुपर्ने बाँकी रहेको हुन सक्छ । त्यस्ता बाँकी बक्यौताहरुको भुक्तानी सम्बन्धीत पालिकाहरुले समयमै गर्न गराउन आवश्यक रहेको देखिन्छ । काम पन्छ्याएर कामलाई जम्मा गर्ने नियतले भुक्तानी प्रणाली सुधार हुन सक्दैन । कुनै पनि बिल पेश भएको ७ दिनभित्र सो बिलको भुक्तानी लेखा तथा प्र्रशासकिय अधिकृतले चेकमा सहि गरेर पार्टीलाई चेक जिम्मा लगाई सक्नुपर्दछ । कतिपय अवस्था लेखाले चेक तयार गरिसके पनि हाकिमले चेकमा सहि नगरि दिएर सेवाग्र्राहीले समयमै भुक्तानी पाउन सकेका हुदैनन् । यसमा सबै पक्षले नियमित कार्यालय पुग्ने तथा पुरा समय कार्यालयमा बस्ने परिपाटिको विकास गरे मात्र भुक्तानी प्रणाली सहज हुने देखिन्छ ।