जलेश्वरको विगत,वर्तमान तथा भविष्यको अवस्थाको बारेमा अहिले चर्चा परिचर्चा चलिरहेको बखतमा खास गरेर जलेश्वरको मूलबासीहरुले एक चोटी छातिमा हात राखेर चिन्तन गर्न आवश्यकता रहेको देखिन्छ । जसरी भोक लागेको बखतमा हामी खानाको खोजिमा निस्कन्छौं, त्यसैगरी जलेश्वरको विकासको लागि अहिले पत्रकार,सम्बन्धीत जानकारहरु,व्यवसायी,समाजसेवी,मानव अधिकारकर्मी,नेता,महिला लगायत नागरिक समाजको अन्तरध्यान जलेश्वरको विकासमा केन्द्रित हुनु जलेश्वरको विकास पक्का हुने सकारात्मक संकेत देखिन्छ । जलेश्वरको भिजिट जलेश्वरको मार्फत यस्ता अन्तरक्रिया हुनुु तथा नागरिककोे दायित्वको बोध गराउने तर्फको क्रियाकलाप प्रसंंसनिय देखिन्न्छ । राजनैतिक विशेषज्ञ सिके लालको प्र्रमुख आतिथ्यमा समपन्न सो अन्तरक्रिया कार्यक्रममा समेत लालले जलेश्वरको मौलिकतालाई पहिचान गरी यहाँको मिथिला भोजन,चिकनीको पात,कमलको फुल,शुद्ध छठ आदिको क्षेत्रमा स्थानियको लगानी,प्रचारप्रसार र लगाब आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारको मात्र भर परेर यहाँको विकास सम्भव छैन । स्थानियले यो ठाउँलाई विकसित गर्न यसको छेउछाउमा रहेको अन्य धार्मिक पवित्र स्थलहरुलाई पनि जलेश्वरनाथसँग जोडन सक्नु पर्दछ । स्थानिय जागरुक नहुन्जेलसम्म,यो ठाउँको विकास असम्भ रहेकोले आफ्नो गाउँ आफैं बनाऊ नाराको साथ अघि बढन जरुरी छ । प्रयास गर्नेहरुको कहिल्यै हार हुदैन । तसर्थ थोरै भए पनि काम गर्दै जानुपर्छ।