असारे विकासमा ईमानदार हुन जरुरी – Jaleshwortoday

असारे विकासमा ईमानदार हुन जरुरी

 २२ असार २०७९, बुधबार ०६:००  
Jaleshwor Today Editorial

नेपालमा असारे विकासको आफ््नै इतिहास छ । असारमा हुने विकास तथा निर्माणका कार्यहरु त्यति प्रभावकारी नहुने भएकोले स्थानियलाई डर लागेको हुन्छ । असारे विकासको आयु अल्पकालिन देखिएकोले यसले समाजमा असमानता तथा गलत कामको बढाबा दिएको बुझिन्छ । सबै सरोकारबालाहरुले स्थानिय निकायदेखि कारोबार हुने कार्यालयमा आफूले गरेको कामको बिल असारको २३ गतेसम्म बुझाई भुक्तानी लिई सक्नुपर्ने हुन्छ । कतिपय अवस्थामा ठेकेदार वा अन्य कम्पनिहरुको भुक्तानी हुन पाएको हुदैन । यसमा पनि असारको बेलामा अन्तिममा सबै काम गर्ने तथा सकाउने परम्पराको कारण यस किसिमको असारे काम औचित्यहीन देखिएको हुन्छ । असारको बेला कुुनै ताका बाढी आएर कामहरुलाई त्यसै पनि प्रभावित गरेको हुन्छ । तसर्थ यसको समाधानकोे रुपमा आर्थिक वर्षको अन्तिम महिना पनि असारलाई नै कायम गरिएकोले यसको खास अर्थ भए पनि यति बेला तनाबको अवस्था देखिएको हुन्छ । यसको विकल्पको रुपमा असार बाहेक पछिल्लो पहिलो वा दोेस्र्रो महिनालाई अन्तिम आर्थिक वर्ष कायम गर्न जरुरी छ।