
अहिले तराई तथा मधेसको भूभागमा गर्मीको चाप बढेको बढै छ । प्र्रचण्ड गर्मीको कारण यहाँको जिवन कष्टकर बन्न पुगेको छ । जाडो याममा अत्यधिक जाडो लाग्ने तथा गर्मी याममा अत्यधिक गर्मी लाग्ने गरेको हुन्छ । यस प्रचण्ड गर्मीकोे कारण बच्चादेखि अन्य उमेरका व्यक्तिहरुमा विभिन्न किसिमका गर्मीसँग सम्बन्धित रोगहरु जस्तोे की आँखा पाक्ने,टाउको दुख्ने,लु लाग्ने,ज्वरोे लाग्ने,रुघाखोकी,बान्ता लाग्ने, झाडापखाला आदि देखिएका छन् । यतिबेला गर्मीबाट बच्नको लागि छाताको प्रयोग,अत्यधिक पानीको सेवन तथा रसिलो तथा चिसो फलफुल तथा खाद्य पदार्थको सेवन गर्नुपर्दछ । यतिबेला बच्चाहरुलाई पनि गर्मीबाट बच्न तथा बचाउनको लागि गर्मी बिदा दिन सकिन्छ । शहर तथा गाउँका विभिन्न ठाउँहरुमा पानीको सहज व्यवस्थापन गराउनुपर्दछ । गर्मीबाट बच्न आफै सजग रहनुपर्छ ।