भ्र्रष्टाचारीलाई नियन्त्रण गर – Jaleshwortoday

भ्र्रष्टाचारीलाई नियन्त्रण गर

 २७ असार २०७९, सोमबार ०१:३७  
Jaleshwor Today Editorial

नेपालमा भ्रष्टाचारले हरेक क्षेत्रमा डेरा जमाएको देखिन्छ । अहिले संघीय सरकारदेखि स्थानिय सरकारको विभिन्न निकायमा भ्र्रष्टाचार मौलाएको छ । अहिले अख्तियारदेखि अन्य निकायहरुलाई समेत भ्र्रष्टाचार पत्ता लगाउन तथा भ्रष्टाचारी समाउन हम्मे हम्मे भएको छ । यस परिवेशमा जनतालाई असाध्यै दुःख सहनु परेको बुझ्न सकिन्छ । झन् गरिब तथा निमुुखा जनतालाई यस दलदलबाट बच्न अप्ठ््यारो भएको छ । भ्रष्टाचार तथा भष्टाचारी जबसम्म अन्त्य हुदैन तब सम्म देशमा विकास तथा सुशासन कायम हुन सक्दैन । तसर्थ तिनै तहका कर्मचारीहरु विष्पक्ष रुपमा ईमानदार हुन जरुरी छ । जबसम्म जनताप्रति जिम्मेबार भईदैन तबसम्म भ्रष्टाचारले प्रश्रय पाउँछ । आजैबाट प्रत्येक सरकारी कर्मचारीहरुले ईमानदार भएर काम गर्ने तथा जनतालाई सेवा गर्ने भनी शपथ लिनुपर्दछ । कतिपय अवस्थामा अहिले स्थानीय जनप्रतिनिधिहरुले समेत विकास तथा निर्माणका कार्यमा अनुगमन नगर्ने गरेको कारण यस्ता विकृति देखिएको हो ।