
नेपालको समग्र आर्थिक अवस्था कमजोर तथा महँगी नियन्त्रण भन्दा बाहिर देखिएकोले यहाँ पनि श्रीलंका जस्तो अवस्था हुन सक्ने आशंका बढ्न थालेको छ । यसको प्र्रमुख कारणको रुपमा नेपालको प्र्रायजसो आयात बढी तथा निर्यात न्यून रहेको बुझिन्छ । जबसम्म यहाँको तिनै सरकारले आत्म निर्भरमुखि योजना लागु गर्दैन तबसम्म नेपाल आत्म निर्भर हुन सक्दैन । त्यसको लागि यहाँको युवा देखि अन्य वर्गका व्यवसायिहरुलाई सहज रुपमा तालिम प्रदान गरी लगानी गर्न समेत सहुलियतमा पूँजी उपलब्ध गराउन सबै तहबाट पहल हुन जरुरी छ । तर देशको बिडम्बना के छ भने यहाँ कुुनै पनि सरकारले मूल कुरा बुझ्नै चाहेको छैन । यहाँ जनता महँगी तथा समानहरुको अभावमा दम तोड्ने बाध्यात्मक परिवेशमा छन्् । किसानहरु समयमै खाद्य नपाएर खेति गर्न असमर्थ छन् । तर यहाँ निर्माण गर्न तथा तालतलैया सजाउनमै यहाँको सबै निकाय व्यस्त देखिन्छ । हुनु पनि स्वभाविक हो,किनभने वहाँहरुलाई कमी र महँगीको महसुस नै हुदैनन् । त्यसकारण यदि साँचै नै देशलाई आर्थिक रुपमा सबल पार्दै देश विकास गर्ने हो भने अहिले उत्पादन तथा निर्यात बृद्धिमा अबिलम्ब ध्यान दिनुपर्छ ।