अहिले गर्मी बढेसँगै विद्युत आपूर्तिमा अनियमितता समेत बढेको छ । गर्मी छल्न तथा शितलता प्राप्त गर्न विद्युतिय उपकरणको प्रयोग अत्यधिक गरिएको हुन्छ । विद्युत,हाम्रो विकासको पूर्वाधार हो । समग्र देश तथा समाजको विकासको लागि विद्युतको आवश्यकता अपरिहार्य देखिन्छ । आर्थिक विकासदेखि अन्य सुविधा तथा विलासिताका सामाग्र्रीहरु प्रयोग गर्नमा सहायक भूमिका खेलेको हुन्छ । मानवीय जिवनमा समेत विद्युतले अग्रणी भूमिका निर्वाह गरेकोे हुन्छ । तर यसको अनियमित वितरणले गर्मीको बेलामा मानवीय स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । त्यसकारण स्वास्थ्य रक्षा तथा आर्थिक विकासको लागि यसको वितरण सहज रुपमा हुनुपर्दछ । अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाम छिनछिनमा विद्युत काट्ने तथा दिने प्रक्रियाले यहाँ जनजिवन कष्टकर बनेको छ । यतिमात्र होइन विद्युतिय उपकरणहरु समेत विग्रने गरेको हुन्छ । त्यसकारण विद्युतको सहज प्रयोग सबै जनसमुदायको अनिवार्य आवश्यकता रहेकोले सम्बन्धित सरोकारबालाहरुले समयमै ध्यान दिई नागरिक प्रतिको जिम्मेबारी बहन गर्न जरुरी छ ।