किसानलाई खडेरीको चिन्ता – Jaleshwortoday

किसानलाई खडेरीको चिन्ता

 ८ श्रावण २०७९, आईतवार ००:१६  
Jaleshwor Today Editorial

प्रचण्ड गर्मीसँगै वर्षाको पानी समयमै नपरेर किसानहरुमा खडेरीको चिन्ता बढेको छ । असार १५ गते नेपालभरी धान दिवस हर्षाेल्लासको साथ मनाइए पनि यस वर्ष धानको उत्पादनमा प्रतिकूल असर पर्ने किसानहरु बताउँछन्् । आकाशे भरमा नेपालमा गरिएको खेति प्रणालीको रुपान्तरण गर्न आवश्यक रहेको देखिन्छ । अहिलेको आधुनिक चिन्तन अनुसार भोलि हामीलाई के कति मात्रामा कहिले र कहाँ चाहिन्छ ? ती सबै कुराहरु योजना तथा कार्यगत समन्वयको आधारमा निश्चित रुपमा प्र्राप्त गर्न सकिने अवधारणा छ । त्यसकारण नेपाल सरकारको तीनै तहले किसानहरुलाई खडेरीबाट बचाउन कृत्रिम सिंंचाई सुविधाको व्यवस्थापन गर्न बजेट विनियोजनदेखि कार्यान्वयन गर्न गराउन ठोस नीति तथा रणनीतिहरु बनाएर कार्यान्वयन गर्न गराउन आवश्यक रहेको देखिन्छ । खेतिसँग सम्बन्धीत अन्य समस्याहरु जस्तो की समयमा खाद्य तथा मलको अनुपलब्धता,आधुनिक यन्त्रको अभाव,किसानहरुलाई तालिमको अभाव,अनुदान किसानमुखि बनाइए पनि सहि किसानको पहुुँचमा कमि,उत्पादित सामाग्रीहरुको मूल्य तथा बजारको कमी लगायतका समस्याहरुको समाधान गर्न गराउन आवश्यक छ ।