
अहिले देशव्यापी रुपमा एसइईको परिणाम सार्वजनिक भइसकेको छ । प्र्रायजसो विद्यार्थीहरु परीक्षाफलबाट सन्तुष्ट देखिन्छन् भने कतिको ग्रेडिङ नमिलेर चिन्तित समेत देखिन्छन् । परीक्षाफल प्रकाशनको बखतमा यो परिवेशको सृजना हुनु स्वभाविक नै देखिन्छ । अब परीक्षार्थीहरुलाई एउटा थप निर्णय लिने बेला आएको देखिन्छ त्यो हो अबको यस पछिको शैक्षिक यात्रा । अर्थात एसइई परीक्षा उतिर्ण गरी सकेपछि अब आफूलाई कुन संकायमा नामाँकन गराउने हो । सबै विद्यार्थीहरुलाई सबै संकाय जस्तो कि विज्ञान,व्यवस्थापन,शिक्षा,कला वा प्राविधिक मन पराउन सक्दैन पनि । कसैले विज्ञान त कसैले व्यवस्थापन त कसैले आफ्नै अनुरुप मन पराउने गर्दछ । विशेष रुपमा संकाय छनौट गर्दा विद्यार्थीहरुले आफ्नो भाबि योजना र वर्तमान शैक्षिक गुणस्तर तथा आधारलाई ध्यान दिनु नितान्त आवश्यक हुने देखिन्छ । कति विद्यार्थीहरुले राम्ररी विचार नगरी सार्थीहरुको लहलहैमा लागेर संकाय छनौट गर्दछन् जुन खतरनाक हुने सम्भावना हुन्छ । यति बेला अभिभावकहरुले समेत निर्णय लिने बेलामा सहयोग गर्न आवश्यक हुन्छ ।