जलेश्वरलाई चिनाउन मेयर सोनार अघि बढदैं – Jaleshwortoday

जलेश्वरलाई चिनाउन मेयर सोनार अघि बढदैं

 १४ श्रावण २०७९, शनिबार २१:०१  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ श्रावण

महोत्तरी जिल्लाको सबभन्दा पुरानो सदरमुकामको रुपमा रहेको जलेश्वरमा अहिले विकास निर्माणको काम तिब्रता पाएको छ ।
गत बैशाखमा समपन्न भएको स्थानिय निकायको चुनाबमा जलेश्वरलाई पर्यटकीय नगरीको रुपमा चिनाउँने वाचा गरेको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार अहिले जलेश्वरलाई चिनाउँने गरि विकास निर्माणको काममा दिनरात प्रयासरत रहेको छ । सदरमुकाम जलेश्वरमा निर्माण गरिएको भगवान महादेवको प्रतिमा जिर्ण अवस्थामा रहेको र अहिले मेयर सोनारले उक्त प्रतिमालाई रंगरोगन,पानीको झरना,फुल,लगायत रंगविरंगी लाईट लगाएर झन सौन्दर्य गरेका छन । भिठामोड जलेश्वर सडक खण्ड अन्तर्गत जलेशवरको मटिहानी चौकमा निर्माण गरिएको प्रतिमा मा विहान र बेलुका दर्जौनो महिला पुरुषहरु मोवाइलमा उक्त मनोरम दृश्य कैद गर्नको भिड लाग्ने गरेका छन । मेयर सोनारले आफुले वाचा गरेअनुसारको काम गरेर हेराउने प्रतिबधता फेरि दोहरियाएका छन । आफु निर्वाचित भएपछि जलेश्वरलाई पर्यटकिय नगरीको रुपमा विकास गरि जलेश्वरको सम्रग विकास हुने गरि कयौँ योजनाहरु बनाइसकेको र उक्त योजनाहरु अहिले अगाडि पनि बढिसकेको छ भने कतिको योजनाहरु छलफलमा रहेको बताए । पालिका भित्रको स्वास्थय चौकीहरुमा समेत औषधिको अभाव झेल्नुपरेका कारण अहिले प्रत्येक स्वास्थ्य चौकीमा प्रयाप्त औषधि पठाइएको र अब नगरभित्रका सामुदायीक स्कुलहरुको शिक्षालाई सुधार गरी नमुना पालिका बनाउँने मेयर सोनारले बताए । आउँने समयमा नगरपलिकाको चौतर्फि विकास गरि नमुना पालिका बनाउँने मेयर सोनारले बताएका छन ।