हिरासत किन असुरक्षित – Jaleshwortoday

हिरासत किन असुरक्षित

 १५ श्रावण २०७९, आईतवार ०१:१८  
Jaleshwor Today Editorial

हिरासत किन असुरक्षित बन्दै गएको भन्ने प्रश्न अहिले जनमानसको रहेको छ । अपराधिक क्रियाकलाप गर्ने जो सुकैलाई पनि अदालतबाट अपराध साबित नभइन्जेलसम्म निजलाई हिरासतमा राख्ने गरिन्छ । नेपालमा महिलालाई समात्नदेखि हिरासतमा राख्ने सम्मको व्यवस्थाको व्यवस्थापन गर्न महिला प्रहरी परिचालन गर्ने कानूनी व्यवस्था रहेको बाबजुद हिरासतमा रहेको महिला पुरुष प्रहरीबाट शोषित वा बलात्कृत हुनु प्रहरी प्रशासन व्यवस्थापनमाथि प्रश्न तेर्सिएको देखिन्छ । राज्यको बढी भन्दा बढी राजश्व प्रहरी व्यवस्थापनमा खर्चिने भए पनि यस किसिमको घटना हुनु ठूला ओहदाका प्रहरीलाई जवाफ दिनु पर्ने देखिन्छ । तर जवाफ पनि छैन जस्तो मलाई लाग्दछ । त्यसकारण यस किसिमको घटना नदोहिरिन दिनको लागि सम्बन्धीत चौकीको उच्च ओहदाको प्रहरीलाई कारवाही गर्न आवश्यक देखिन्छ । या त महिलालाई हिरासतमा नै नराख्ने कानुन बन्नुपर्छ।