संघीयता खारेजीको औचित्य – Jaleshwortoday

संघीयता खारेजीको औचित्य

 १५ श्रावण २०७९, आईतवार २३:३७  
Jaleshwor Today Editorial

अहिले संघीयता खारेजीको सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विभिन्न ठाउँहरुबाट आबाज उठाउन थालेका छन् । जसमा अहिले मधेसबादी राप्रपाका अनुयायीहरु समेत आ—आफ्नो ठाउँहरुबाट विरोध गर्न पछि परेका देखिदैनन् । तर प्रश्न उठ्छ,मधेसबादी ती राप्रपा अनुयायीहरु प्रति की संघीयता त्यतिकै आएको होइन । संघीयता ल्याउन मधेसी जनताको पनि स्वीकृति थियो । अब फेरी संघीयतालाई हटाएर पुरानै व्यवस्थाको गुहार लगाउनु पार्टीगत स्वार्थ बाहेक सामाजिकता तथा राष्ट्रिय हित कहि पनि देखिदैनन् । संघीयता शत प्रतिशत चोखो छ भन्ने अवस्था पनि छैन तर शहिदहरुको बलिदानबाट ल्याइएको तथा ठूलो जनधनको क्षतिपछि ल्याइएको संघीयतामा भएका बिकारलाई हटाउने तथा निर्मलीकरण गर्नुको साटो संघीयता हटाउने प्रपञ्च गर्नु अहिले को आवश्यकता रहेको देखिदैन । अहिले छिमेकी राष्ट्र भारत झै नेताहरुलाई ईमानदार तथा जनतामुखि बन्न जरुरी छ । देशलाई आर्थिक संकटबाट बचाउने बेला पो हो ।