व्यवस्थापन र सहभागिता बढाऊ – Jaleshwortoday

व्यवस्थापन र सहभागिता बढाऊ

 १८ श्रावण २०७९, बुधबार ००:४८  
Jaleshwor Today Editorial

जलेश्वरनाथको नगरी जलेश्वरमा साउने सोमबारीको दिन जलेश्वरनाथ मन्दिर झिलीमिली तथा राम्ररी सजाइएको देखिए पनि बाह्य सजाबटको व्यवस्थापन र स्थानिय संघसंस्था तथा युवा कल्बहरुको सहभागिता न्युन रहेको देखिएको छ । जलेश्वरलाई पर्यटकीय रुपमा विकसित तथा पर्यटकलाई आकर्षित गर्नको लागि शिवरात्री झै साउने सोमबारीमा समेत बाह्य सजाबटमा ध्यान दिन आवश्यक रहेको देखिन्छ । यसको लागि विशेष रुपमा जलेश्वर नगरपालिका प्रमुखले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको देखिन्छ । भगवान शिव र माता पार्वतिको महिमा विशेष गरी साउनमा विशेष हुन्छ । हामी भगवानलाई जति भक्ति गर्छाै,त्यति नै हाम्रो मनोकामना पुरा हुन्छ । यति बुझ््दा समेत जलेश्वरको स्थानिय संघसंस्थाहरुको साउने सोमबारीमा स्वागत द्वार बनाउने देखि अन्य आवश्यक कार्यहरुमा सहभागिता न्युन देखिएकोले यथोचित सहयोग र सदभाव बढाउन आवश्यक रहेको देखिन्छ । किनभने यो जलेश्वरनाथ र जलेश्वरको प्रचारप्रसार गर्ने सुवर्ण अवसर हो । यसबाट स्थानिय व्यवसाय तथा संघसंस्थाहरुको समेत विकास हुने देखिन्छ । त्यसकारण जलेश्वरबासी एकजुट भएर व्यवस्थापनमा सहभागि हुन अग्रपंक्तिमा आउन जरुरी छ ।