
भारतमा भर्खरै राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावको नतिजा सार्वजनिक भएको छ । वर्तमान १५ औं राष्ट्रपतिमा द्रोपदी मुर्मु र १४ औं उपराष्ट्रपतिमा जगदीप धनखर भाजपाबाट निर्वाचित भएका छन् । भारतको पहिलो महिला राष्ट्रपति प्रतिभा पाटेल पछिको दोस्रो महिला राष्ट्रपतिको रुपमा द्रोपदी मुर्मु नै हुन् । द्रोपदी मुर्मु आदिवासी हुनुुका साथ साहसी समाजसेवीको रुपमा चिपरिचित थिइन् । लाखौं परिवारीक समस्याहरु तथा पुत्र वियोगको बाबजुद पनि आफ्नो होस गुमाइसकेपछि पनि फेरी साहसका साथ अगाडी बढी आज विशाल भारतको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु विश्वमा नै अनुकरणीय बन्नुु भएको छ । त्यसैगरी उपराष्ट्रपति जगदीप धनखर पश्चिमी बंंगालको गभर्नर र मन्त्री समेत बनी सकेका प्र्रखर तथा अनुभवी व्यक्तित्व हुनुहुन्छ । यहाँहरुको यस खुशियालीको अवसरमा हार्दिक बधाई दिनुको साथै भावी कार्यकालको शुभकामना समेत व्यक्त गर्दछौं । भारतीय जनतालाई कुशल नेतृत्व मिलोस्् भनी कामना गर्दछौं ।