
जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ श्रावण
राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेकोमा नेपाल सद्भावना पार्टीले गम्भीर आपत्ति जनाएको छ । विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी कुन विषय संविधानसँग बाझिएको वा कहाँनेर संघीय संसद्ले पुनर्विचार गर्नुपर्ने प्रस्टै नपारी स्पष्ट सन्देश रहित अवस्थामा अकारण विधेयकलाई यसरी फिर्ता गरिनु प्रति पार्टीले आपत्ति जनाएको हो । पार्टी अध्यक्ष राम कुमार महतोले भनेका छन्, ‘संविधानअनुसार प्रमाणीकरणको हद अवधिसम्म थन्काएर राखी गरिएको यो कारबाही मधेसीहरु प्रति अन्याय हो । त्यसैगरी नेसपाको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सरिता गिरीले समेत जनकपुरधाममा केन्द्रिय कार्य समितिको बैठकको सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको यो निर्णय मधेसी,थारु,जनजाति, आदिबासीहरु तथा नागरिकता नपाएकाहरुको लागि पक्षपाति हो । यसको जवाफ पिडीत पक्षले दिनुुपर्छ,वहाँले भन्नुुभयो ।