
छिमेकी राष्ट्र भारत ब्रिटिस शासकबाट आजाद भएको आज ७५ वर्ष पुुरा भएको छ । अत ः भारत स्वतन्त्र भएको ७५औं वर्ष पुरा गरी ७६ वर्षमा प्रवेश भएको छ । सर्वप्रथम भारतबासी ब्रिटिस सरकारको जहानियाँ शासनबाट सन्् १९४७ साल अगस्त १५ को दिन मुक्त भएको थियो । अहिलेको भारत र आज भन्दा ७५ वर्ष भन्दा पहिलेको भारतमा धेरैको फरक छ । यो फरक हुनुको एउटै कारण के हो भने भारतको स्वतन्त्रता । यो ज्यादै नै गर्व र महत्वको दिन हो सम्पूर्ण भारत वर्षमा । भारत अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको समर्पण र कुशल नेतृत्वका कारण विश्वमा राम्रो अर्थतन्त्र बनाउन सफल भएको छ । भारत अहिले धेरैजसो क्षेत्रमा विश्वव्यापि रुपमा सबल तथा प्रतिस्पर्धी देखिएको छ । यहाँको जनताले देशमा शान्ति तथा सुरक्षाको प्रत्याभूति पाएका छन्् । पहिले भन्दा अहिले जनतामा देशभक्ति देखिन्छ । भारतको यस ७६ औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार तथा सम्पूर्ण भारतीय नागरिकहरुलाई बधाई दिनुका साथै अनन्त शुभकामना व्यक्त गर्दछौ । भारत अहिले छिमेकी राष्ट्रहरुको लागि अनुकरणीय राष्ट्र बन्न पुगेको देखिन्छ ।