
संदीप संगम
धनुषा, १ भाद्र्र
विभिन्न कार्यक्रम गरी बाबा गणिनाथ गोविन्द पुजा यसवर्ष पनि मनाउने भएको छ ।
दुई दिवसीय गोविन्द पुजा मनाउन कानु समाज नेपाल धनुषा तयारीमा जुटेका छन् । बाबा गणिनाथ गोविन्दको पुज्नोत्सव प्रत्येक वर्ष झैं यस वर्ष पनि हर्षाेउल्लासका साथ जनकपुरधामको गंगा सागर पोखरीको दक्षिण कुनामा स्थापित गणिनाथ गोविन्द मन्दिरमा यहि भादौं ३ र ४ गते मनाउन समाजले जोडतोडका साथ लागि परेको कानू समाज नेपाल धनुषाका अध्यक्ष राजकुमार साहले बताए । बाबा गणिनाथ गोविन्द पुजाको अवसरमा पहिलो दिन (शुक्रवार)मंगलपाठ हुनेछ ।दोस्रो दिन विहान गाणिनाथ गोविन्द पुजाको अवसरमा नगरमा कलश यात्रा, गहवर पूजा र साँझ विशिष्ट व्यक्तिलाई सम्मान तथा भजन संध्या कार्यक्रम गरिने जारी विज्ञप्तीमा उल्लेख छ ।