महोत्तरीको सुगाभवानीपट्टीमा ७४औं वर्षदेखि श्रीकृष्णजन्माष्टमी पर्व हर्षाेल्लासको साथ मनाइदैं – Jaleshwortoday

महोत्तरीको सुगाभवानीपट्टीमा ७४औं वर्षदेखि श्रीकृष्णजन्माष्टमी पर्व हर्षाेल्लासको साथ मनाइदैं

 ४ भाद्र २०७९, शनिबार ०६:१२  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ भाद्र्र

महोत्तरीको जलेश्वर नगरपालिका अन्तर्गत वडा नं.—४ मा पर्ने सुगा भवानीपट्टीमा ७४ औं वर्षदेखि श्रीकृष्णजन्माष्टमी मनाइदै आएको पुजा समितिको वर्तमान अध्यक्ष रंजित तिवारीले बताएका छन्् ।

No description available.

महोत्तरी जिल्लाको जलेश्वर लगायत देशभरी नै भगवान श्री कृष्णको जन्मोत्सव धुमधामसँग मनाइदै आएको तर जिल्ला भरीमै शान्तिपूर्ण वातावरणमा भव्यताका साथ ३ दिन यो पर्व मनाइने गरिएको

No description available.

स्थानिय समाजसेवी राकेश रायले बताउनुृभयो । मेला मनाउने क्रममा ३ दिन युवा तथा पुरानो नाटककर्मीहरुको सहयोगमा सामाजिक तथा धार्मिक नाटक मंचन गर्ने पराम्परा सदियौेंदेखि चलिआएको वहाँले बताउनुभयो । मेलाको अन्तिम राति कृष्ण जन्म र कंश बध नाटक परम्परागत

No description available.

रुपमा मञ्चन गरिदै आएको र यस वर्ष युवा तथा पुरानो कलाकारहरुको समेत सहभागिता रहने भएकोले नाटक आकर्षक रहने अध्यक्ष तिवारीले जानकारी गराए । अध्यक्ष तिवारीले सुगा भवनीपट्टीको यस पर्वलाई निरन्तरता दिन तथा संरक्षण गर्न सबैको जिम्मेबारी रहेकोले आवश्यक सहयोग गरिदिन

No description available.

हुन समेत सबै सरोकारबालासँग आग्रह गरेका छन् । विशेष रुपमा ग्रामिण तथा छिमेकी गाउँहरुका स्थानियहरुलाई यस महापर्व मेलामा सहभागि भई शोभा बढाई दिनको लागि अध्यक्ष तिवारीले आग्रह समेत गरेका छन् । यो मेला गाउँदेखि दक्षिणपट्टी मुसरपट्टी जाने बाटोमा पर्ने शुकदेव माध्यमिक तथा प्राविधिक विद्यालयको खेलमैदान आयोजना हुदै आएको छ । यो मेला बिहिबारदेखि शुरु भई शनिवार समाप्त हुने छ ।