कहि हाम्रो निर्णय गलत त छैन,सोचौं – Jaleshwortoday

कहि हाम्रो निर्णय गलत त छैन,सोचौं

 ५ भाद्र २०७९, आईतवार ००:१७  
Jaleshwor Today Editorial

जनकपुरधाम उपमहानगरपालिकाको सडकपेटीका पसल खालि गराउने निर्णयले केहि दिन अघि फुटकर व्यवसायि र नगर प्रहरी विच झडप हुनुका साथै केहि व्यवसायिहरु घट्ना स्थलबाट पक्राउ समेत परेका थिए । नगर प्रमुख मनोज कुमार साहले गरेको निर्णय एकदमै सराहनीय तथा शहरलाई सफा,सुन्दर तथा व्यवस्थित बनाउन खोजिएको जस्तो लाग्छ । तर ति फुटकर व्यवसायिहरु किन यसरी अटेरी गरेको वा जोखिम मोल लिएर पुनः सडकपेटीमा पसल संचालन गर्न बाध्य भएको होला ? यस सम्बन्धमा खोज तथा अनुसन्धान गर्न जरुरी छ । वा मन्दिरमा पुजाआजा गर्नको लागि आवश्यक सामाग्रीहरु बेच्ने व्यवसायिहरुलाई पालिका वा गुठीको जमिनमा पसल बनाउन लगाई आवश्यक भाँडा लिएर बेच्न अनुमति दिइनु पर्छ । त्यसैगरी मन्दिरसँग सम्बन्धित नरहेका व्यवसायिहरुलाई अन्य आवश्यक ठाउँहरु खोजि तिनीहरुको व्यवसाय गर्ने बजारको व्यवस्थापन गरिदिन जरुरी छ । यसै उपमहानगरमा कहि काखा त कहि पाखा भएको छ । राम मन्दिरको उत्तरपट्टी विभिन्न ठेला पसलहरु नराख्न निर्णय भए पनि तिनीहरु खुलेर व्यवसाय गरिरहेको अवस्था छ । नगर प्रहरीहरु अलि बढी नै उग्र देखिएकोले संयम भएर मानवीय व्यवहार गर्न जरुरी देखिन्छ । मेयर साहेबले अझै यस सम्बन्धमा चिन्तन तथा समाधान खोजेर निर्णय गरे कार्यान्वयन पक्ष सकारात्मक र व्यवहारिक हुने देखिन्छ ।