प्रदेश सभा निर्वाचनको तयारी – Jaleshwortoday

प्रदेश सभा निर्वाचनको तयारी

 ६ भाद्र २०७९, सोमबार ०१:३०  
Jaleshwor Today Editorial

प्रदेश सभाको चुनाव २०७९ साल मंसिर ४ गते आइतबार हुने पक्का भइसकेको छ । निर्वाचन प्र्रत्यक्ष र समानुपातिक गरी २ भागमा हुने छ । प्रत्यक्षतर्फकोे चुनाव भन्दा समानुुपातिकतर्फको चुनावी कार्यक्रम अगाडी नै गर्ने कार्यतालिका बनाइएको छ । जस अन्तर्गत साउन ३० गते निर्वाचन कार्यालय स्थापना,भदौ १ गते कार्यक्रम संंचालन,भदौ २० गते मतपत्र छपाई,असोज २ र ३ गते बन्दसूची पेश,कात्तिक २७ गते मतपत्र ढुुवानी,मंसिर १ गते प्रचारप्रसारमा रोक र मंसिर ४ गते बिहान ७ देखि साँँझ ५ बजेसम्म मतदान गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ भदौ २५ गते कार्यक्रम संचालन,असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति,असोज २१ गते निर्वाचन कार्यालय स्थापना,असोज २३ गते उम्मेदबारी दर्ता,असोज २८ गते कात्तिक २५—मतपत्र छपाई,कात्तिक १६ गते मतपत्र सामाग्री ढुवानी,कात्तिक २७ गते मतपत्र ढुवानी,मंसिर १ गते प्र्र्रचारप्रसारमा रोक र मंसिर ४ गते बिहान ७ बजेदेखि चुनावको कार्यक्रम संंचालन हुने छ । यसरी निर्वाचन शान्तिपूर्ण तरिकाले समपन्न गर्ने गराउने सबैको अधिकार रहेको छ । यसको लागि सुरक्षाकर्मी तथा म्यादी प्रहरीको सहयोग आवश्यक रहेकोे हुन्छ । जनताले खुलेर आफ््नो मतको मतदान गर्न आवश्यक हुन्छ । यस वर्ष जम्मा ८४ दलले प्रदेश सभाको चुनावमा भाग लिएका छन्् । असल उम्मेदबार छान्नमा होशियार रहनुपर्छ ।